सेनाको हेलिकोप्टर मार्फत गर्भवतीको उद्दार

सुर्खेत । नेपाली सेनाले एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार गरेको छ ।

सेनाले सोमबार बझाङको जयपृथ्वी नगरपालिका–११, निवासी ३२ वर्षिया सुनिता थापाको हेलिकोप्टर मार्फत उद्दार गरेको हो ।

आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे सेनाको हेलिकोप्टर मार्फत सुर्खेत स्थित प्रदेश अस्पताल ल्याईएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपाचारमा संलग्न चिकित्सकहरु बताएका छन् ।

Translate »