जहाजको शौचालयमा नवजात शिशु

काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौं आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौं  विमानस्थलमा अवतरण गरेको थियो । ‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशंकामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ’, प्रवक्ता झाले भने । रासस

Translate »