सुर्खेत प्रहरीद्वारा ऐरीचोकबाट भन्सार छलिका सामान बरामद

वीरेन्द्रनगर । सुर्खेत प्रहरीले अबैध भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको छ ।

प्रहरीले विहीबार साँझ वीरेन्द्रनगरको ऐरीचोकबाट बाँकेको नेपालगञ्जदेखि सुर्खेततर्फ आईरहेको क.प्र.०२००१ ख ०६९६ न.को फोर्स गाडीको चेकजाँचका क्रममा अबैध भन्सार छलि गरि ल्याईएको सामान बरामद गरेको हो ।

कुनै बिल नभएको अबैध चिनी २४० किलो, नेहा मिठा सुपारी ४ बोरा, चक्लेट ३ बोरा, महेश नामक दालमोट १ बोरालगायतका सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले फोर्स गाडीको चेकजाँच गर्दा अबैध सामान फेला पारेका हुन् ।

अबैध सामान र गाडी आवश्यक कार्वाहीका लाग भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

Translate »