कालीकोटका नौ मध्ये आठ स्थानीय तहमा बिजुली

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठ वटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युतको पहुँच विस्तार भएको जानकारी दिए । उनका अनुसार रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युतको पहुँच छ । आठ वठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भएपनि सबै वडामा भने पु¥याउन बाँकै नै छ । आठ वटै स्थानीय तहका वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताए ।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ । अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौं,’ उनले भने, ‘अहिले पलाँता गाउँपालिकाको केन्द्रसम्म बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेकले चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी सक्ने लक्ष्य लिएका छौं ।’

जिल्लामा कुल २६ हजार ७ सय ७९ घरधुरी मध्ये हालसम्म ४ हजार ५ सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले जनाए । उनका अनुसार विद्युत पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन् । रासस

Translate »