प्रम प्रचण्ड, सभापति देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालिन न्याय सम्बन्धी विधेयक चाडै टुंगोमा पु¥याने सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताहरुबीच भएको छलफलमा राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदको अधिवेशन बोलाउने, संसदमा विचाराधिन विधेयकहरु, खासगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सहमतिमै टुंगो लगाउने र समसामयिक विषयमा छलफल केन्द्रित रहेको जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले दिए ।
तीन नेताहरुबीच फेरि छलफल गर्ने सहमति पनि भएको छ ।