डिप्लोमा इन्जिनियर्स एशोसिएसन कर्णालीको अध्यक्षमा दर्लामी मगर

सुर्खेत । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कर्णालीको अध्यक्षमा कमलकुमार दर्लामी मगर निर्वाचित भएका छन् ।

एशोसिएसनको सोमबार  सुर्खेतको वीरेन्द्रनगरमा आयोजिता प्रथम प्रदेश सम्मेलनले दर्लामी मगरलाई अध्यक्षमा सर्वसम्र्मत निर्वाचित गरेको हो ।

सम्मेलनले उपाध्यक्षमाधनबहादुर केसी र एलिशा आचार्य, महासचिव योगेन्द्र रावल, सचिव जीवन सिंह, प्रज्वल कठायत र दक्षिणाकुमारी शाही, कोषाध्यक्ष धनबहादुर थापालाई निर्वाचित गरेको छ ।

समितिको सदस्यहरुमा प्रकाश कठायत, जयबहादुर बिष्ट, सतल बटला, हरिबहादुर शाहि, हरिप्रसाद भट्टराई, कुमारपरियार र हरिबोल राना निर्वाचित भएका छन् ।

Translate »