२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर



काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

गौशाला–२६ ले क्रिकेटर लामिछानेविरुद्ध गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए । धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए ।

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा मुद्दाको चाँडो फैसला गर्न आदेशसमेत दिएको थियो ।

 

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार
Translate »