बालकुमारी झडपमा मृत्यु हुने दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।

शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

उनका अनुसार आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको छ । निधन हुनेहरुमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको उनले बताए । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

Translate »