कारागारमा एक कैदीको मृत्यु

बाँके। बाँकेको नेपालगञ्ज कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ घर भएका अन्दाजी वर्ष २५ का समिर भन्ने मो अलताफ हलवाईको मृत्यु भएको हो ।

सोमबार बिहान उपचारको लागि चितवन स्थित क्यान्सर अस्पताल लैजाने कममा बाटोमा मृत्यु भएको जिल्ला कारागार नेपालगञ्ज बाँकेले जनाएको छ। मृतक हलवाई लागुऔषध मुद्दामा २०७९ भदौ १ गरेको कैदीपुर्जी अनुसार जिल्ला कारागारमा कैद थिए ।