काँक्रेविहारमा जरायो मृत फेला

सुर्खेत । काँक्रेविहारको जंगलमा जरायो मृत अवस्थामा फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको पाललगंगा डाँडोमा विहीबार वयस्क भाले जरायो मृत अवस्थामा फेला परेको हो ।
स्थानीयले जरायो मृत अवस्थामा देखेपछि तत्काल डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । सूचना पाएलगतै वीरेन्द्रनगर सव–डिभिजन र सशस्त्र वन रक्षकको टोली घटनास्थल पुगेर हेर्दा प्राकृतिकरुपमै जरायोले मृत्युवरण गरेको ठहर गरेको छ ।

करिब ९० किलो वजन भएको मृत्त जरायोको लम्वाई २ मिटर ३० सेिन्टमिटर, उचाई १ मिटर ६० सेन्टिमिटर रहेको डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।
‘वयस्क जरायो विरामीका कारण कालगतिले नै मरेको जस्तो देखियो,’ उनले भने, ‘कुनैपनि चोटपटक नलागेको देखिएकाले स्वाभाविक मृत्यु भएको निष्कर्षमा पुगेका हौं ।’
उनले मृत जरायो स्थानीयको रोहवरमा डिभिजन वन कार्यालय परिसरको जमिनमा गाडिएको जानकारी दिए । पछिल्ला केही वर्षयता विभिन्न कारणबाट काँक्रेविहार जंगलमा जरायो मर्ने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।