रेडियो नेपाल र जाजरकोटका सरोकारवालावीच अन्तरक्रिया

जाजरकोट । रेडियो नेपाल र जाजरकोटका सरोकारवालावीच ‘जाजरकोट भूकम्प पछिको अवस्था, चुनौती, समाधान र पुनर्निर्माण सम्बन्धी’ अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेडियो नेपाल केन्द्रिय प्रसारण काठमाडौं आयोजनामा शनिबार जाजरकोटको भेरी नगरपालिका–३, मा ‘स्थलगत बहसमा आधारित रेडियो कार्यक्रम’ सम्पन्न गरिएको हो ।
कार्यक्रममा जाजरकोट भूकम्पपछि शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यका साथै राहत वितरण र अस्थायी टहरा निर्माणमा देखिएका विविध समस्या, चुनौती र समाधान लगायतका मुद्दाहरूमा सरोकारवालासँग खुला बहस गरिएको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार, नागरिक समाजका अगुवासँगै विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको प्राविधिकसहितको टोलीले कार्यक्रमको संयोजन गरेको हो । कार्यक्रमको सहजीकरण जाजरकोटका रेडियोहरू खलङ्गा एफएम र पाइला एफएमले गरेका थिए भने कार्यक्रमको सञ्चालन रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत भानुभक्त खड्काले गरेका थिए ।