पञ्चकोशी यातायातको अध्यक्षमा थापा

सुर्खेत । पञ्चकोशी यातायात प्रालिको अध्यक्षमा विश्व थापा चयन भएका छन् ।

प्रालिको शनिबार वीरेन्द्रनगरमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशनबाट थापाको अध्यक्षतामा ११  सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।


कार्यसमितिको उपाध्यक्षमा किशोर थापा, महासचिव देवकुमार खड्का, सचिव नविन शाही, कोषाध्यक्ष पारस क्षेष्ठ, सह–कोषाध्यक्ष भिमबहादुर नेपाली चयन भएका छन् ।

अधिवेशनले सदस्यमा रिदेश विक, नन्दबहादुर बुढाथोकी, पुर्णबहादुर विक, राजु विक र दिलकुमार आङद्रोम्बेलाई चयन गरेको हो ।

यातायात क्षेत्रमा आफ्ना सबै सदस्यहरुलाई शेयर प्रदान गर्ने पहिलो यातायात प्रालि समेत बन्न सफल भएको नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

Translate »