साइकल यात्रामार्फत विश्व भ्रमण गर्दै कर्णाली प्रदेशका तीन युवा

मुगु । कर्णाली प्रदेशका तिन युवाहरू साइकल मार्फत विश्व भ्रमणमा निस्किएका छन् । नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नेपाल लाई विश्व सामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डा सहित साइकल यात्रा सुरु गरेका छन् ।
विश्वमा शान्तिको सन्देश फैलाउनुको साथै नेपालको पर्यटन बिकास र पर्यावरण संरक्षणका लागि विश्व सामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरू विश्व साइकल यात्रीका रूपमा आफ्नो यात्रा तय गरेको छायाँनाथरारा नगरपालिका–१ निवासी अजय मल्लले बताए । विश्वका देशहरू बिच असमझदारी बढी लडाई , झगडा भइरहेको परिपेक्षमा नेपाल एक शान्तिको देश भएकाले शान्तिको सन्देश विश्वभरि फैलाउने र विश्व जगतमा सन्देश मार्फत विश्वमा शान्ती कायम रहोस् भन्ने पनि साइकल यात्राको उद्देश्य रहेको विश्व साइकल यात्री उनले जनाए ।

विश्व साइकल यात्रामा दैलेखका केशभ प्रसाद रिजाल र सनत प्रसाद रेग्मी सहित तीन जना युवाहरू सङ्लग्न रहेका छन् । नेपालको पशुपतिनाथबाट साइकल यात्रा सुरु गरि भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने कार्य तालिका रहेको पनि यात्री मल्लले बताउनु भयो । यस अघि यस साइकल यात्रीको टोलिले मेचीदेखि महाकाली सम्मको यात्रा साइकल मार्फत गरिसकेका छन् ।