कृषि अनुसन्धान केन्द्रमा आगलागी हुँदा ६२ वटा बाख्रा मरे


बाँके । बाँकेको जानकीमा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् । विद्युत् सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो ।

आज बिहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेको हो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मृत्यु भएको छ । २१ वटा बाख्रालाई उद्दार गरिएको छ ।
स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो निभाएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी डिएसपी नारायण डाँगीले बताए ।

