मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका अन्दाजी ३८ वर्षका खकेन्द्र ढकाल र ३४ वर्षकी श्रीमती मैसरा ढकालको मृत्यु भएको कैलालीका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए ।

उनका अनुसार मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधवार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
उनीहरू सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुबैजना अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेका हुन् ।