नेपालको पासपोर्ट बङ्गलादेश, उत्तर कोरियाभन्दा कमजोर

काठमाडौं । राहदानीको सूचिमा नेपाल झनभन्दा झन कमजोर बन्दै गइरहेको छ। विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो। यो भनेको बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि कमजोर हो।

हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा पुगेको हो । नेपाल सूचीको ९८औं स्थानमा रहेको छ। सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन पहिलो नम्बरमा छन् । यी ६ देशको पासपोर्ट पहिलो नम्बरमा छन् । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन् ।


सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ । ८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ । चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ । दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ । नागरिक न्यूज

Translate »