सिद्धपाइला यातायात प्रालिद्वारा बृद्धाबृद्धालाई न्यानो कपडा वितरण

सुर्खेत । सिद्धपाइला यातायात सेवा प्रालि सुर्खेतले बृद्धाआश्रममा आश्रित बृद्धाबृद्धालाई न्यानो कपडा वितरण गरेको छ । प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति बृद्धाआश्रमका बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।

सामाजिक कार्यमा अग्रणी सिद्धपाइला यातायात सेवा प्रालिले व्यवसायिक उपलब्धीसँगै समाज हितका गतिविधिमा प्रत्यक्ष हातेमालो गर्दै आईरहेको छ । माघे संक्रान्ति पर्वको अवसर पारेर बृद्धाआश्रममा आश्रित बृद्धाबृद्धालाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले सानै भएपनि जाडोमा न्यानो कपडा वितरण गरिएको प्रालिका अध्यक्ष दिपेनसिंह ठकुरीले बताए ।

उनले जिम्मेवार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्रालिले निरन्तर अघि बढाईरहेको जनाए । उनका अनुसार प्रालिमा आवद्ध यातायात व्यवसायिसँगै कर्मचारी तथा यातायात मजदूरहरुको सहभागितमा काँक्रेविहारमा आजै वनभोज कार्यक्रम समेत राखिएको छ ।

व्यवासायिक मुनाफामा सबैको हक सुनिश्चित हुने गरी गुणस्तरीय सेवाका लागि सार्वजनिक यातायातका मूल्य मान्यता बोकेर सिद्धपाइला यातायात निरन्तर सामाजिक कार्यमा अघि बढ्ने प्रालिका अध्यक्ष ठकुरीले प्रतिवद्धता समेत जनाए ।

यता  बृद्धाआश्रमका बृद्धबृद्धाहरुले सिद्धपाइला यातायात सेवा प्रालिको निरन्तर उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यातायात क्षेत्रका विभिन्न प्रालि मध्ये सिद्धपाइला यातायात सेवा प्रालिले आफ्नो छुट्टै पहिचान बनाउँदै सामाजिक उत्तरदायित्वमा समेत आफुलाई अब्बल सावित गरेको बताए ।

Translate »