२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 8, 2026

ताक्लाकोटमा एक नेपालीको मृत्यु



हुम्ला । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्साबाट हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए ।

हुम्लाबाट नेपालगञ्ज हुँदै उनको शव डोटी पु¥याईने भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार
Translate »