राउटे समुदायकी बालिकाको मृत्यु

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका लोपोन्मुक राउटे समुदायकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षिया दुर्गा शाही रहेको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार माघे संक्रान्ति पर्वपछि विमारले च्यापेर थलापरेकी दुर्गालाई उपचार गर्दापनि सन्चो नभएपछि विहीबार राती मृत्यु भएको हो । समुदायका कुनै मानिसको मृत्युु हुने बित्तिकै यो समुदायको परम्परा अनुसार उक्त स्थान छाडेर अन्यत्र जाने चलन रहेको छ ।

हाल दैलेखको भैरबी गाउपालिका–४, को गडजिउलामा बस्दै आएका राउटे समुमदायले शुक्रबारनै दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका–४, सुईयातडामा बसाई सरेको सोसेक नेपालका खत्रीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो दुई वर्ष यता राउटे समुदायको जनसंख्या घटदै गईरहेको छ । हाल जंगलमा फिरन्ते जीवन विताउने राउटेको जनसंख्या १ सय ३७ जना मात्र रहेका छन् ।