मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघको अध्यक्षमा पुनः थानी

ढुवानी क्षेत्रका समस्याप्रति सरकार गम्भिर नभएको व्यवसायीको गुनासो

सुर्खेत । मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघको अध्यक्षमा पुनः चेतनकुमार थानी निर्वाचित भएका छन् । संघको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अध्यक्षमा पुनः थानीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले नयाँ कार्यकालका लागि अध्यक्ष थानीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनमा लामो छलफल एवं बहसपछि निर्मित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विजयी भण्डारी, उपाध्यक्ष रेशमप्रसाद ढकाल, महासचिव मदनकृष्ण सुवेदी, सचिव नवराज ढकाल र कोषाध्यक्ष सुमन लामिछाने निर्वाचित भएका छन् ।

अधिवेशनले नयाँ कार्यसमिति सदस्यहरुमा मदनबहादुर थापा, अशोककुमार शाही, गंगादत्त बडु, विजयी अग्रहरी, राजकुमार पौडेल, राजेन्द्रप्रसाद सुवेदी, केशब विसी, दिलिपकुमार थापामगर, टेकबहादुर जिसी, शेरबहादुर अधिकारी र मानसिंह कुमाललाई निर्वाचित गरेको छ ।

भव्य सिल्वर जयन्तीको रुपमा मनाईएको वार्षिक साधारण सभाले वरिष्ठ सल्लाहकारको रुपमा हरिबहादुर विसीलाई चयन गरेको छ । त्यस्तै कानूनी सल्लाहकारमा नन्दबहादुर भण्डारी एवं अन्य सल्लाहकार सदस्यमा अशोक केसी, रमेशकुमार भण्डारी र नेत्रमणि कँडेललाई चयन गरेको छ ।

अघि संघको २५ औं वार्षि साधारण सभा तथा १२ औं अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाहीले यातायात क्षेत्रले भोग्नु परिरहेका कानूनी तथा अन्य समस्याहरुप्रति प्रदेश सरकार गम्भिर रहेको बताए । उनले निजी क्षेत्रको सफलतामै सरकारको सफलता लुकेकाले छुट्टै हिस्सा खोज्न नपर्ने तर्क जाहिर गरे ।

‘प्रदेशको विकास तथा समृद्धिका लागि नीजि क्षेत्रसँग प्रदेश सरकार हातेमालो गर्न तयार छ,’ उनले भने, ‘कानूनको परिधि भित्र रहेर जिम्मेवार व्यवसायीका लागि नीजि क्षेत्रलाई चरम उँचाईमा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको छ ।’

उनले प्रदेशको समृद्धिका लागि विकासका साझेदार सबैसँग हातेमालो गरेर अघि बढिरहेको जिकिर गरे । कार्यक्रममा मध्य–पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघका महासचिव मदनकृष्ण सुवेदीले सामाजिक उत्तरदायित्वसहित संघले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रदेश र देश बनाउने कार्यमा अधिकतम् सहयोग गरिरहेको बताए ।

उनले खाद्यान्न, लत्ताकपडा, औषधि, विकास निर्माणका सामाग्रीहरु दूरदराजका विकट क्षेत्रमा पु¥याउने कार्यमा संघले उल्लेखनिय भूमिका खेलेको जनाए । ढुवानी क्षेत्रको शतप्रतिशत जिम्मेवारी बहन गरेको संघले खबौं स्वदेशी पूँजी लगाएर अत्याधिक रोजगारी सृजना गर्दा समेत राज्यले ढुवानी व्यवसायीलाई सम्मान गर्न नसकेकोप्रति उनले दुःखेसो व्यक्त गरे ।

उनका अनुसार अहिलेपनि अस्थिर राजनीतिक अवस्थाले आर्थिक मंदी, भारतीय गाडीहरुको निर्वाध आवागमन, अस्वस्थ्य प्रतिस्पर्धा समय सापेक्ष संशोधन नभएको सवारी तथा यातायात व्यवस्था ऐन, नियम र मोटर वीमादर, मूल्यबृद्धि कर, दुर्घटनाका घाइतेको उपचार तथा क्षतिपूर्तिका लागि हुने मोलमोलाई, झन्झटिलो सवारी पञ्जिकरण, जाँचपास, रोड परमिट, सवारी साधनको मूल्य पाट्र्स, ईन्धन र भन्सार बृद्धि जस्ता समस्यासँग संघ जुद्धिरहेको छ ।

कार्यक्रममा सहभागि अधिकांस व्यक्ताहरुले आर्थिक मंन्दीका कारण नीजि क्षेत्रले भोग्नु परिरहेका समस्याप्रति सरकार जिम्मेवार बन्न नसकेको गुनासो गरेका थिए ।

Translate »