राष्ट्रिय सभामा कर्णालीबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रिय सभाका लागि कर्णालीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकाया विजयी भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले बताएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार माओवादीका विकले ३८१७ मतभार ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हिक्मत विकले १२६७ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका मल्लले ३७२२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विमला शाहीले १३६२ मत प्राप्त गरिन् । यस्तै काँग्रेसका रोकायले ३८७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डिल्लीप्रसाद भट्टले १२१४ मत प्राप्त गरेका छन् ।