प्रेस चौतारी डोल्पाको अध्यक्षमा थापा

डोल्पा । प्रेस चौतारी नेपाल डोल्पाको अध्यक्षमा प्रेम थापा निर्वाचित भएका छन् । सोमबार दुनैमा सम्पन्न प्रेस चौतारी नेपाल डोल्पाको पाँचौं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले जिल्ला कार्य समितिको उपाध्यक्षमा मेनूका बुढा, सचिव गायत्री शाही, उप–सचिव दावा ग्याल्वो वैजी, कोषाध्यक्ष पूर्ण बोहरा तथा सदस्यमा चन्द्रा बुढा, अमित थापा, मोतिचन्द्र बुढा, शन्देश बुढा, प्रवेश खत्री, कमला शाही, विरबहादुर बुढा, रेश्मा लामा, गगन लामालाई निर्वाचित गरेको छ ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा रुपलाल बोहरा र मनकुमारी हिराचन एवं प्रदेश प्रतिनिधिमा जुनुकुमारी हिराचनलाई निर्वाचित गरेको छ ।

अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य बदमी क्वारा बोहरा, एमाले कर्णाली प्रदेश कमिटी सदस्यद्वय विष्णुबहादुर रोकाय र चन्द्रकुमारी बुढा, एमाले डोल्पा जिल्ला सचिव लंकबहादुर रोकाय तथा जिल्ला सदस्यद्वय सम्झनाकुमारी झाक्री र रुपलाल बोहरा, जनजाती महासंघ केन्द्रिय सदस्य शेरबहादुर बुढा, सल्लाहकार परिषद् संयोजक योगेन्द्र बुढा, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य विष्णुलाल बुढा, नेपाल पत्रकार महासंघ डोल्पाका सचिव लेखबहादुर बुढालगायतले नवनिर्वाचित प्रेस चौतारी डोल्पा कार्यसमितिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Translate »