सल्यानमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान सल्यान बागचौर नगरपालिका ८ कोटमौलाबाट डाँगीगाउँ जादै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौला स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ६ वडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कोटमौलाबाट डाँगीगाउँ तर्फ मल (गोबर) लिएर जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा चालकलाई ट्याक्टरले किचेका वि.क.को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेबाट टोली घटनास्थलमा पुगेको र आवश्यक अध्ययन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Translate »