मिटर ब्याजसम्बन्धी विवाद निरूपणको जिम्मा प्रहरीलाई

काठमाडौं । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने तथा विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको छ । मन्त्रालयले अनुचित लेनदेन तथा मिटर ब्याजसम्बन्धी उजुरी संकलन तथा फछ्र्योटका लागि कार्यसम्पादन कार्यविधि जारी गरेको छ ।


अनुचित लेनदेन तथा मिटर ब्याजका सम्बन्धमा आयोगले यसअघि जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेका उजुरी अब जिल्ला प्रहरी कार्यालयमा पठाइनेछ । साथै प्रहरीले नयाँ उजुरी पनि लिनेछ ।

हाल विचाराधीन र नयाँ दर्ता हुने मिटर ब्याजका उजुरीमा प्रहरीले मेलमिलापको प्रयास गर्नेछ । निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेछ । गृह मन्त्रालयले नयाँ कार्यविधि सबै जिल्ला प्रशासन कार्यालयमा पठाएर त्यसअनुसार गर्न निर्देशन दिएको छ ।

Translate »