मुगुमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु

मुगु । मुगुमा आगलागी हुँदा एकै घरका २ जना बालबालिकाको मृत्यु भएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका वडा न २ गाडेखोला गाउँको एक घरमा आइतबार राती आगलागी हुँदा २ जना बालकको मृत्यु भएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिएको जानकारी अनुसार राती बालबच्चा सहित आमा सरस्वती सन्ज्याल छोरा वर्ष १४ को विशाल सन्ज्याल र छोरी वर्ष १२ कि झ्ररना सन्ज्याल घरको गोठमा सुतेका थिए ।
घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटना स्थलमा पुगेर स्थानीयहरूको सहभागितामा आगो नियन्त्रण प्रयास गरिरहँदा हाल आगो नियन्त्रणमा आएपनि घर पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ ।