२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

प्रेस चौतारीद्वारा कैदीबन्दीलाई पुस्तक



सुर्खेत ।  प्रेस चौतारी नेपाल सुर्खेत शाखाले कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेको छ । चौतारीले आफ्नो २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण गरेको हो ।

सुर्खेत कारगार (बन्दी सुधार गृह) मा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने संस्कारको विकाससँगै अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागु होस् भन्ने उद्देश्यले चौतारी दिवसको अवसर पारेर पुस्तक हस्तारण गरिएको चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले बताए । उनले धेरै ठूलो सहयोग गर्न नसकिएपनि विभिन्न दाताहरुको सहयोगमा जीवनउपयोगी ७५ थान पुस्तक कारागार प्रशासन मार्फत कैदीबन्दीलाई हस्तान्त्ररण गरिएको जनाए

। पुस्तक ग्रहण गर्दै सुर्खेत कारागारका निमित्त कार्यालय प्रमुख भुवन गौतमले पछिल्लो समय कारागारका कैदीबन्दीमा पुस्तक पठन संस्कृतिको विकास भएको जनाए । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी र सुर्खेत अध्यक्ष गोविन्द खत्रीले जीवनउपयोगी पुस्तक संयुक्तरुपमा कारागारका निमित्त प्रमुख गौतमलाई हस्तान्तरण गरेका हुन् ।

पुस्तक हस्तान्त्ररण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सुर्खेत इन्चार्ज आकाशतारा बयक, वरिष्ठ पत्रकार पृथ्वीबहादुर सिंह, चौतारीका नेता सूर्यमणि गौतम, नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य गंगाराम तिम्लिसेना, जिफन्ट कर्णाली अध्यक्ष तेजप्रकाश जिसी, राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्य तथा प्रेस चौतारीका प्रदेश एवं जिल्ला कार्य समितिका जिम्मेवार पदाधिकारीसहित विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार
Translate »