२३ पदका लागि उपनिर्वाचनको तयारी हुँदै

काठमाडौं  । निर्वाचन आयोगले रिक्त रहेको २३ पदका लागि उपनिर्वाचन गर्न लागेको छ ।  प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीयत तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि निर्वाच गर्ने तयारी भएको आयोगका प्रबक्ता तथा सह—सचिव शालिग्राम शर्मा पौडेलले जनाए ।  निर्वाचन कहिले गर्ने ? बारे मिति तोक्न सरकारसँग आयोगले छलफल गरिरहेको छ ।


२०७९ वैशाख १० गते भएको स्थानीय तह निर्वाचन, मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन भएपश्चात् विभिन्न कारणले रिक्त भएको २३ पद पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको आयोका प्रवक्ता पौडेलले बताए ।

निर्वाचनका लागि रिक्त रहेको निर्वाचन क्षेत्रका नयाँ मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको छ । अन्नपूर्ण पोष्ट

Translate »