भेरी अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बाँके । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार नेपालगन्जको भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमकाबीच उक्त मेसिन सञ्चालन सेवाको उद्घाटन गरेका हुन् ।

मेसिन सञ्चालनमा आएसँगै नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम बर्माले पहिलो सेवा लिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज सीता गुरुङले जानकारी दिईन् । उनले आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा प्रदान गरेको बताईन् ।

Translate »