सुशील कोइराला महिला यु–१९ क्रिकेट : कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

बाँके । बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन् ।

कोहलपुरले लुम्बिनी प्रदेश तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरे । आजको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्‍यो ।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९:३० बजे बागमती र लुम्बिनी तथा दोस्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कोहलपुर मेयर(११, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।

Translate »