मध्यपश्चिम विश्वविद्यालय र नीति अनुसन्धान प्रतिष्ठान वीच सम्झौंता

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार नारायणप्रसाद पौडेल र नीति अनुसन्धान प्रतिष्ठान व्यवस्थापन विभागका प्रमुख लक्ष्मणप्रसाद भट्टराई वीच नीति निर्माणसंग सम्बन्धित अनुसन्धानात्मक कार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको उपस्थितिमा शनिबार नारायणहिटी दरवार, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा नीति निर्माणसंग सम्बन्धित अनुसन्धानात्मक कार्यका लागि रजिष्ट्रार पौडेल र विभाग प्रमुख भट्टराई वीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सार्वजनिक नीति सम्बन्धी अनुसन्धान, नीति प्रयोगशालाको क्षमता विकास, तालिम, सेमिनार र कार्यशालाहरू सहित अनुसन्धान क्षमता विकास कार्यक्रम, अनुसन्धान प्रसार र प्रकाशन, मानव संसाधन, सूचना तथा तथ्याङ्क र प्रविधि लगायत स्रोतसाधनको सहयोग एवं आदानप्रदान गर्ने यस सम्झौता पत्रका मुख्य उद्देश्य रहेको विश्वविद्यालयले जनाएको छ ।


हस्ताक्षरको मितिदेखि ५ वर्षसम्म सम्झौताको अवधी रहेको छ भने आपसी समझदारीमा पुनः नवीकरण समेत गर्न सकिने छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयकातर्फ बाट ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन लिलाधर तिवारी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं नीति प्रयोगशालाका संयोजक चन्द्रप्रसाद रिजाल, मपवि सहकार्य तथा विकास अध्ययन संस्थान (एमआइसिडी) का कार्यकारी निर्देशक दिनेशराज भुजु, उपकुलपति सचिवालयका सूचना प्रविधि विज्ञ पन्चदेव भट्ट, नीति अनुसन्धान प्रतिष्ठानका तर्फ बाट सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख दिपक खड्का, अनुसन्धान विभाग प्रमुख हरी शर्मा न्यौपाने, वरिस्ठ अनुसन्धानकर्ताहरु डा.कल्पना खनाल, डा. मुक्ति रिजाल, डा. खगनाथ अधिकारी तथा विश्लेषक गोपाल आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Translate »