क्यानडाविरुद्ध एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ ।  त्रिवि क्रकेट मैदानमा आज भएको  तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।


क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

खेलमा अनिलकुमार साह र भीम सार्की दुबैले एक दिवसीय खेलमा पहिलो शतक बनाए ।  खेलमा अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

Translate »