नेपालले ७ विकेट लिँदा माल्दिभ्सको १० रन मात्रै

काठमाडौं  ।  एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सको सातौं विकेट लिएको छ। नेपालका लागि पूजा महत्तोले ३ विकेट, अमिना कर्मचार्यले र रुविना क्षेत्रीले २/२ विकेट लिएकी हुन् ।

माल्दिप्सले ९.१ ओभरमा ७ विकेटको क्षतिमा १० रन मात्र बनाउन सकेको छ। रुविना क्षेत्रीले माल्दिभ्सविरुद्धको खेलमा शानदार सतक प्रहार गरेकी छन्। क्षेत्रीले सतकसँगै नेपालले माल्दिभ्ससामु २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै नेपालले २२७ रनको योगफल तयार गरेको छ। क्षेत्रीले ५९ बलमा ११८ रन बनाएर अविजित रहिन्। रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन्। योसँगै रुविना क्षेत्री नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडीसमेत बनेका छिन् ।

यसैगरी पुजा महतोले अर्धशतक प्रहार गरेकी थिइन्। उनले ३६ बलमा १ छक्का र ५ चौकासहित ५९ रन बनाएर अविजित रहिन्। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । अन्नपूर्ण पोष्ट

Translate »