सुब्बाकुना ट्राफिक प्रहरीको यात्रुमैत्री अभियान

सुर्खेत । सुब्बाकुना ट्राफिक प्रहरीले यात्रुमैत्री व्यवहारको लागि मिठो बोलीका साथ विभिन्न सचेतना अभियान शुरु गरेको छ ।

चालक परिचालक र यात्रुहरूबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट सुब्बाकुनाले सवारी चालक र यात्रुलाई सवारी दुर्घटना न्यूनिकरणका लागि मिठो बोलीका साथ सचेतना कार्यक्रम शुरु गरेको हो ।

वीरेन्द्रनगर पूर्वी प्रवेश नाका सुब्बाकुनामा ट्राफिक प्रहरीले जिब्रोको गरिमालाई सु्न्दर बनाउँदै मिठो बोलिका साथ सडक सुरक्षादेखि सवारी दुर्घटनाबाट सतर्क र सजक रहन सवारी चालक र यात्रुलाई निःशुल्क ज्ञान दिईरहेको छ ।

यातायात क्षेत्रलाई सुधारर्न बिना लगानीमा गर्न सकिने यस्तो कार्यमा यातायात व्यवसायीबाट समेत ऐक्यवद्दता आईरहेको अस्थायी ट्राफिक पोस्ट सुब्बाकुनाका पोष्ट ईन्चार्ज धनबहादुर खड्काको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम चालक, परिचालक र यात्रुहरुमाँझ अब निरन्तर चलिरहने प्रहरी जवान सुरेन्द्र खत्रीले जनाए ।

Translate »