अब भारत जान नेपालीलाई पनि भिसा चाहिने !

काठमाडौं । नेपालबाहिर रहेका नेपाली नागरिकलाई अब भारत जान भिसा चाहिने भएको छ । त्यहाँको दूरसञ्चार विभागले सोमवार गरेको एक परिपत्रमा उल्लेखित बुँदाले यस्तो बताएको हो ।

यो व्यवस्था नेपालीसँगै भुटानी नागरिकलाई पनि लागू हुने परिपत्रमा उल्लेख छ । ‘यदि नेपाल वा भुटानका नागरिक आफ्नो देशबाहिरबाट भारतमा आएमा उसले वैध भिसासँगै राहदानीको फोटोकपी पेस गर्नुपर्नेछ,’ परिपत्रको बुँदा नम्बर ३ मा भनिएको छ ।
भारतले गरेको उक्त व्यवस्थाबारे विज्ञ अशोक पोखरेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो परिपत्रको बुँदा नम्बर ३ को तात्पर्य नेपालबाहिरबाट भारत जाने नेपालीलाई प्रवेशका लागि भिसाको आवश्यकता पर्छ भन्ने हो ।’