मोटरसाइकल दुर्घटनामा परी ईन्जिनियरको मृत्यु

सुर्खेत । पूर्वी सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा परी ईन्जिनियरको घटना स्थलमै मृत्यु भएको छ ।
सुर्खेतदेखि जाजरकोटतर्फ जाँदै गरेको बा ९५ प– ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे १ त– ४५ नम्बरको ट्याक्टर हिजो साँझ सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा वीरेन्द्रनगर नपालिका–३ का २९ वर्षीया ईन्जिनियर विजय रानाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्तक राना नेपाल ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेश सदस्य थिए । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३ वर्षीय रुपेश गिरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार गिरीको उपचार अहिले सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँमा भईरहेको छ । ट्याक्टर र चालक बर्दिया बासगढी–३, का २३ वर्षिय राजेश थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाइ छ ।