छुट्टाछुट्टै घटनामा एउटै वडाका दुई जना पक्राउ

वीरेन्द्रनगर । सुर्खेत प्रहरीले वीरेन्द्रनगरको एउटा वडाबाट छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक पुरुष र अर्को महिला रहेका छन् ।

प्रहरीले वीरेन्द्रनगर–९, पीपलडाँडाबाट लागु औषध ब्राउन सुगर कारोवारी सनतराज बोगटीलाई १२ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, मोटरसाइकल र नगद १५ हजार ८ सय ३५ रुपैयाँसहित प्रक्राउ गरेको जनाएको छ ।
लागु औषध नियन्त्रण व्यूरोका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी सुर्खेत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
उनले चेक अनादर मुद्धामा फरार अभियुक्त वीरेन्द्रनगर ९, की ४२ वर्षिया सरीता रेग्मीलाई समेत पक्राउ गरी अदालत समक्ष पेश गरिएको जानकारी दिए ।