‘फ्यूचर फर नेचर अर्वाड- २०२४’ नेपाली रिन्जिन फोन्जोकलाई

हुम्ला । समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लागेका हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेका छन् ।
यो बर्षमा हिमाली क्षेत्रहरुमा पाईने हिउँ चितुवाको अध्ययन अनुसन्धानमा योगदान दिएवापत सो अवार्ड प्राप्त गरेका हुन् । उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उनलाई अवार्ड प्रदान गरिएको फिउचर फर नेचर फाउण्डेसनलाई उदृत गर्दै हुम्लामा संञ्चालित उकाली प्रोजेक्टका अबिनास लामाले जानकारी दिएका छन् ।
लामाले बर्ष २०२३ मा सोही जनावरको सम्बन्धित ठाउँमा गएर अध्ययन गरेपछि फिउचर फर नेचर अवार्ड २०२४ फेब्रुवरी २९ अर्थात बिहिबार प्राप्त गर्नु भएको हो ।
लामा सिमकोट गाउँपालिका वडा नम्बर ३ बरगाउँ घर भई केही समययता सोही क्षेत्रमा काम गर्दै आएका छन् । नेपालसहित विभिन्न देशका २ सय ५० जना मध्येबाट हुम्लाका लामासहित तीन जना पुरस्कृतको नाम फिउचर एण्ड नेचर फाउण्डेसन नेदरल्याडस्ले बिहिबार सार्वजनिक गरेको छ ।

रिन्जिन लामो समयदेखी जंगली जनावर र मानब समाजबीचको द्वन्द्व न्युनिकरणमा लाग्दै आएपछि सन् २०१४ देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न रहेका छन् ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका उनले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाएका थिए ।
संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका व्यक्तिबाट छनौट गरि सोही फाउण्डेसनले लामो समयदेखी अवार्ड प्रदान गर्दै आएको छ । हुम्लाका लामा यो अवार्ड प्राप्त गर्ने पहिलो नेपालीका रुपमा रहेका छन् ।
हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिन्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आएका आएका छन् । संरक्षणका अभियानमा उनले विशेष गरि महिलाको सहभागितालाई जोड दिँदै आएका छन् । लामाले जिल्लामा भएको लोपोन्मुख बन्यजन्तुको संरक्षण र प्रवद्र्धनमा योगदान दिंदै आएका छन् ।