‘संरक्षण अभियानमा युवाहरूको भूमिका सम्मानजनक’

बर्दिया । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संरक्षण अभियानमा युवाहरूको भूमिका सम्मानजनक रहेको बताएका छन् ।

चोरी शिकार नियन्त्रण युवा परिचालन सञ्जाल अभियान दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिका–९, सतखलुवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रकृतिका लागि हामी नभएर हाम्रो लागि प्रकृति रहेको बताउँदै प्रकृति र पारिस्थितिक प्रणाली संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकृति संरक्षणका लागि तिनै तहका सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । समुदाय र पृथ्वीको अन्तरसंयोजन, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित यस वर्षको अभियान दिवस मनाइएको छ ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले दिवसको अवसरमा संरक्षणलाई दिगो व्यवस्थापन गर्नमा मदत पुग्ने आशा व्यक्त गरे ।

Translate »