नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे

काठमाडौं । नयाँ सत्ता समिकरणको निर्माणभएसँगै अहिले सत्तारुढ दलहरु बैठक र छलफलमा व्यस्त भएका छन । केहीबेरअघि मात्र बैठक सकेर छुट्टिएका नयाँ गठबन्धनमा सहभागी दलका नेताहरुको बैठक पुनः बस्दैछ ।

सरकारमा तीन जना विना विभागीय मन्त्रीले सपथ गर्ने तयारी पनि भैरहेको बालुवाटार श्रोतले जनाएको छ । केहीबेअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलला भेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बारे जानकारी गराएका छन् । आज माओवादी केन्द्र, एमाले र रास्वपाका १÷१ जना मन्त्रीहरु सरकारमा सहभागी हुने कार्यक्रम तय भएको छ । त्यसका लागि राष्ट्रपति भवन शितल निवासमा साँझ ५ बजे सपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
ती तीनै जना मन्त्रीहरुको जिम्मेवारी नतोक्ने र सबैलाई विना विभागीय मन्त्रीको रुपमा सपथ गराउने तयारी भएको छ ।