नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज उनीहरुलाई मन्त्रीपदको सपथ ग्रहण गराईएको हो ।

नयाँ समीकरणमा रहेका दलहरुमध्ये जसपाबाहेक एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक÷एक जनाले शपथ लिएका हुन् । हाल उनीहरुलाई कुनै जिम्मेवारी तोकिएको छैन ।

Translate »