गोर्खा वेलफेयरद्वारा विपद् खोज उद्दार सामाग्री हस्तान्तरण
चौरजहारी । गोरखा वेलफेयर ट्रस्टले रुकुम पश्चिमको चौरजहारी नगरपालिकालाई विपद् खोज उद्दार सामाग्री सहयोग गरेको छ । वेलफेयरले शुक्रबार एक औपचारिक कार्यक्रमका वीच चौरजहारी नगरपालिका स्तरिय विपद् व्यवस्थापन समितिलाई साढे ६ लाख रुपैयाँ बराबरको विपद् खोज उद्दार सामाग्री हस्तान्तरण गरेको हो ।
स्थानीय विपद तथा जलवायु उत्थानशील योजनालाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्दार सामाग्री हस्तान्तरण गरिएको बेलफेयरका खानेपानी तथा विपद व्यवस्थापन संयोजक सुमेरु त्रिपाठीले जानकारी दिए । उनले चौरजहारी नगरपालिकामा रहने गरी गैची, बेल्चा, सप्पल, हेलमेट, भरयागं, लाईफ जकेट, ह्याम्वर, डोरी, थ्रो ब्यागलगायतका विपद् उद्दारका ६३ सामाग्री सहयोग गरिएको बताए ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको संयोजकत्वमा २८ सदस्य मूल विपद् व्यवस्थापन समिति गठन गरिएको छ । विपद् समितिमा चौरजहारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय, नगर प्रहरी, संचारकर्मी, लगायत रहेका छन् ।
नगरका उपप्रमुख ईश्वरी शर्माको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन, पूर्वतयारी तथा प्रतिकार्य, अनुगमन तथा मूल्यांकन, लैङिगक समानता तथा संरक्षण, सूचना संचार समन्वय तथा पूर्व सूचना प्रणाली, प्राथामिक उपचार, खोज तथा उद्दारका लागि ५ सदस्य उप समिति समेत गठन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । उनले चौरजहारीमा वेलफेयरले खानेपानी तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आईरहेको बताए । रेडियो एफएम रुकुम