भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा काँशीराम पुन: निर्वाचित

सुर्खेत । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा काँशीराम भट्टराई निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले ३ वर्षे कार्यकालका लागि काँशीरामलाई पुनः प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई एवं देवकुमारी भट्टराई, सचिव सोम भट्टराई, सह–सचिव भागिराम शर्मा, कोषाध्यक्ष रामलाल भट्टराई तथा सदस्यहरुमा ज्वारिलाल भट्टराई जुम्लाड, शिबप्रसाद भट्टराई सल्यान, लक्ष्मणचन्द्र भट्टराई कालिकोट, सुर्य प्रसाद भट्टराई सुर्खेत, नविन भट्टराई सुर्खेत, नन्दराम भट्टराई दैलेख, बलराम भट्टराई दैलेख, शर्मिला भट्टराई कालिकोट, हुमलाल भट्टराई सुर्खेत , गिता भट्टराई सुर्खेत, विनोद भट्टराईजाजरकोट, शोभा भट्टराई दैलेख , रोशन भट्टराई सुर्खेत , प्रेमप्रसाद भट्टराई सुर्खेत, भानुभक्त भट्टराई हुम्ला र निरकप्रसाद भट्टराई दैलेख निर्वाचित गरेको छ ।
अधिवेशनले महाअधिवेशन प्रतिनिधिमा ललित भट्टराई, लक्ष्मीप्रसाद भट्टराई र डिलाकुमारी भट्टराई, आत्मराम भट्टराईलाई निर्वाचित गरेको प्रतिष्ठानले बताएको छ ।
‘कर्णाली प्रदेश समितिको प्रयासमा भट्टराई कुलवंशको वंशावली तेस्रो संस्करण २०७८ मा सुर्खेतको छुट नामावली, दैलेख, जाजरकोट, सल्यान, जुम्ला जिल्लाको केही परिवारको नामावली समाबेश गर्न सफल भएको छ,’ भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशका अध्यक्ष काँशीराम भट्टराईले भने, ‘२०२४ सालदेखि वंशावली प्रकाशनका लागि प्रयास भएकोमा २०४८ सालमा प्रथम पटक वंशावलीमा छोराको नाम मात्र प्रकाशन भएको, २०६२ साल पछि छोरी बुहारीको नाम समेत समावेश गर्ने निर्णय भएकोले २०७५ सालमा दोस्रो संस्करणमा प्रकाशन भएको थियो ।’

कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद उपाध्याय भट्टराई, केन्दिय सदस्य बालकृष्ण भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष रेशम भट्टराई , दैलेख जिल्ला अध्यक्ष बाशुदेव भट्टराई, सल्लाहकार शिवप्रसाद भट्टराई, गंगाराम भट्टराईलगायतले कर्णाली भित्रका भट्टराई कुलको संस्कार र संस्कृतिको विकास तथा समृद्धिका लागि सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
उनीहरुले अधिवेशनको सफलताको कामना गर्दे आपसी भाईचारा, सद्भाव एवं उन्नत समाजका लागि भट्टराईहरु गोलबन्दी आवश्यक रहेको औल्याए । अधिवेशनले कर्णाली प्रदेशमा वसोवास गर्ने भट्टाराईहरुको वंशावलीमा समवेश नभएका परिवारको खोज अनुसन्धान गरी वंशावली तयारी गरी आगामी संस्करणमा समावेस गर्न सबैलाई अनुरोध गरिने निर्णय गरेको छ ।
भट्टराई कुलवंश प्रतिष्ठानको प्रदेश भित्रका जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, जुम्ला र सल्यानमा अधिवेशन सम्पन्न ती जिल्लाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।