रेडियो नेपाल र आन्तरिक मामिला मन्त्रालयवीच ‘रेडियो प्रदेश डायरी’ प्रसारणका लागि सम्झौता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र रेडियो नेपालका बीच रेडियो प्रदेश डायरी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ ।
प्रदेश सरकारका असल अभ्यास तथा गतिविधि समेटेर रेडियो प्रदेश डायरी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय, दिपायल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका बीच सम्झौता भएको हो । उक्त कार्यक्रमको अवधि चालू आर्थिक वर्षको असार तेस्रो सातासम्म रहेको छ ।

कार्यक्रम अवधिमा रेडियो नेपाल, दिपायलबाट प्रदेश सरकारका असल अभ्यास अन्तर्गत सुशासन, विकास निमार्ण, योजना, बजेट बाँडफाँड एवं नीति तथा योजना,जनसहभागिता लगायतका विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गरि प्रसारण गरिने छ ।
त्यस क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप ब्रेसा र रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय, दिपायलका निमित्त कार्यालय प्रमुख दानसिंह ऐरले वीच सम्झौंता पत्रमा संयुुक्त हस्ताक्षर भएको हो ।
ब्रेसाले मन्त्रालय र रेडियो नेपालका वीच भएको सम्झौताले प्रदेश सरकारका असल अभ्यास र गतिविधि प्रसारण भएर आमनागरिकलाई सुसूचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।