राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता भोलि

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता सोमबार हुने भएको छ। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको (सर्वदलीय) आइतबार बसेको बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्नेगरी निर्वाचनको मिति तय गरेको हो।

यसअघि राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकाअनुसार फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने उल्लेख छ।
आज बस्ने राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची छ ।