३ प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रीपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।

मन्त्री शर्माले प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेकोले केन्द्र र प्रदेशको राजनीतिक सहजता र समान राजनीतिक दृष्टिकोण कायम राख्न नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको बताईन् ।

यस्तै, मन्त्रीपरिषद् समितिहरुको समन्वयमा आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघविर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गर्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

Translate »