आज फागुन ३० गते बुधबारको राशिफल

राशिफल : तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष :– आजको समय राम्रो छ। शेयरमा फाइदा हुनेछ । चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ ।
वृष :– दिन राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ ।
मिथुन :– दैनिकी राम्रो छ । हराएको सामान भेट्न सकिन्छ । माया मारेको धन हात लाग्ने दिन छ । सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ । परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ ।
कर्कट :– दिन सामान्य छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ । खानपानमा ख्याल गर्नुपर्ला । आफन्तबाट अपमानित हुने योग छ । गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ।
सिंह :– दैनिकी राम्रो छ । प्रगति गर्ने समय आएको छ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ ।

कन्या :– समय राम्रो छ । श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ । परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ । प्रेम सम्बन्ध रोमान्टिक बन्नेछ ।
तुला :– दिन राम्रो छ। स्वास्थमा लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।
वृश्चिक :– समय राम्रो छ। लगानीका क्षेत्र सबल छन् । जुनसुकै क्षेत्रमा हात हाले पनि काम बन्नेछ । ठूलो काममा हात लगाउन हिम्मत गरेको राम्रो हुन्छ । सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
धनु :– आर्थिक अवस्था सबल बन्नेछ । लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ । बोलीमा मधुरता भएकाले नबोल्दा हुने ठाउँमा बोल्न बाध्य पार्ने दिन छ । परिवारको साथ र माया मिल्नेछ ।
मकर :– समय सामान्य छ । रिसले नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ । बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । सञ्चित धनको खर्च हुने योग छ । आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।
कुम्भ :– तपाईंलाई सबैले शंकाको दृष्टिले हेर्ने छन् । बोलीमा नम्रता आवश्यक छ । अरुको सेवा गर्ने मौका मिल्नसक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मीन :– दैनिकी राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ । बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ । सामाजिक सेवा गर्ने मौका मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ ।