२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 8, 2026

रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने



मुगु । मुगुको रारा तालमा कर्णाली प्रदेश स्तरीय कपर्दी प्रतियोगिताको आयोजना गरिने भएको छ। खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलो पटक पर्यटकीय स्थल रारामा कपर्दी प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताए।

आगामी वैशाख महिनाको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कपर्दी खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने बताइएको छ । राराको तल्लो मिलीमा आगामी वैशाख ११ गतेदेखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कपर्दी अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार
Translate »