सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

सुर्खेत । नेपाली सेनाले हेलिकप्टरबाट बाजुरीकी सुत्केरी महिलाको उद्दार गरेको छ । जिल्ला अस्पताल बाजुरामा मङ्गलवार हिमाली गाउँपालिका–१, विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्काको अप्रेसन गरेर सुत्केरी भएपश्चात स्वास्थ्यमा थप समस्या देखिन थालेपछि सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

अप्रेसनपछि उनको पेट सुनिन थालेपछि थप उपचारका लागि आज हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको एन ०६६ नम्बरको हेलिकप्टरमार्फत सुत्केरी महिला खड्काको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उद्दारपछि प्रदेश अस्पताल सुर्खेतमा उनको स्वास्थ्य चेकजाँच कार्य भईरहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

Translate »