पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ । पुनललाई केही समय अघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँगको सम्वन्धमा देखिएपछि पुनलाई छानबिनको दायरामा राखिएको थियो । पुन माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् । नेपालटिभी अनलाइन

Translate »