बागलुङको निसीखोलामा बस दुर्घटना : २ जनाको मृत्यु १६ बढि घाइते

बुर्तिबाङ । बागलुङको निसीखोला गाउँपालिका–६, को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुमको  मुसिकोटदेखि  काठमान्डौका लागि छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएका छन् । मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल प्रहरी र स्थानीयको सक्रियतामा मृतक र घाइतेको उद्दारको काम भइरहेको छ । बस मध्यपहाडी लोकमार्गदेखि करिब १५० मिटर तल खसेको छ। बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्दारमा खटिएका ईलाका  प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख (प्रहरी निरीक्षक) राजकुमार बिकले बताए ।

Translate »